प्रहरीद्वारा निर्मम कुटिएका कञ्चनपुरका पत्रकार पन्तको भारतीय अस्पतालमा उपचार हुँदै

१४ पुष २०७४, शुक्रबार १०:१६

पुस १४, कञ्चनपुर ।

प्रहरीले नेपाल पत्रकार महासंघका साधारण सदस्य एवम् पश्चिम नेपाल दैनिकका संवाददाता चक्रराज पन्तलाई महेन्द्रनगर बजारमा हेलमेट नलगाएको विषयलाई लिएर निर्धात कुटपिट गरेको घटना बल्झिदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीको ठाडो निर्देशनमा प्रहरी टोलीले पन्तलाई निर्धात कुटपिट गरेको थियो । कुटपिटबाट सक्त घाईते पन्तको भारतको साई अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था अझै सुधार आएको छैन् । महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि बुधबारै पत्रकार पन्तलाई रेफर गरेको थियो । पन्तलाई बुधबार मदनचोकबाट क्याम्पस रोडसम्म लखेटेर अमानविय ढङगबाट कुटपिट गरेको थियो । प्रहरीको कुटाईबाट पत्रकार पन्तको टाउको, निधार, छाती, कम्मर सहित शरिरका विभिन्न भागमा चोट पटक लागेको छ । प्रहरीले मुक्का र बुटले पन्तलाई कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताए ।

महासंघ साधाधारण सदस्य पन्तको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयको मदनचोकमा खटिएको टोलीले हेलमेट नलगाएको भन्दै जिल्ला प्रहरी कार्यालय पुगाएको थियो । प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठीको कार्यकक्षमा मोटरसाइकल कागज बनाएर बाहिर आएपछि पन्तलाई कुटपिट गरिएको हो । प्रहरी निरीक्षक जोशीले कागज बनाएर बाहिर आउने क्रममा मोटरसाइकलको साँचो माग्दा समेत विवाद गरेको थियो । प्रहरी निरीक्षक जोशीले खल्तीमा साँचो राखेका थिए । चेनअफ कमाण्ड मान्ने भन्ने तर डिएसपीले छाडिदेउ भन्दा प्रहरी निरीक्षक जोशीले पुनः पन्तलाई अपराधी जस्तै केरकार व्यवहार गरेका थिए । प्रहरी कार्यालयबाट कार्यालय फर्किने क्रममा मदनचोक चोक पुगेका पन्तलाई प्रहरी नायब निरीक्षक थापाको टोलीले एकाएक कुटपिट गरेको हो । प्रहरीले पत्रकारलाई अश्लिन गालीगलौज गरेका थिए ।

कार्यालयबाट बाहिर आएपछि प्रहरी निरीक्षक जोशीको निर्देशन थापा र ठगुन्नालाई कुट्न पिछा गर्दैै आएका थिए । ‘प्रहरी कार्यालयमा थापाले पत्रकार पन्तलाई मा समेत भनेर गाली गरेका छन्’ एक प्रत्यक्षदर्शीले भने । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नेतृत्व बिहिन हुँदा प्रहरी निरीक्षक जोशीले पत्रकार प्रहरी बिरुद्धमा लेख्छन भन्दै रिस साध्न कुटपिट गर्न लगाएर बर्दी र फुलीको दुरुपयोग गरेका छन् । कुटपिट गर्न निर्देशन दिएका जोशीले अब तल्ला दर्जाका प्रहरीको टाउकोमा दोस थुपार्ने अभिव्यक्ती दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले बिहीबार कञ्चनपुरका संचारकर्मीसंग पत्रकार पन्तकै गल्ती भएको बताएका छन् । जोशीले पत्रकार पन्तले हेलमेड नलगाएको र उल्टै प्रहरीमाथी खनिएको आरोप लगाएका छन् । प्रहरी निरीक्षक जोशीका अनुसार घटना बारे छानबिन समिति गठन भएको बताए, तर कसको संयोजकत्वमा को को सदस्य भनेर उल्लेख गरेका छैनन् ।

पत्रकार महासंघ साधारण सदस्य कुटपिटको पत्रकार महासंघ सहित मिडिया आवद्ध विभिन्न संस्थाहरुले निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थीले कुटपिटमा संलग्न प्रहरीलाई हिरासतमा लिएर कानुनी कारवाही गर्न माग गरेका छन् । अध्यक्ष अवस्थीले शान्ति सुरक्षा दिने निकायबाट अनावश्यक कुटपिट हुन दुःखद भएको विज्ञप्तिमा जनाएका छन् । प्रेस चौतारी नेपाल कञ्चनपुरका कार्य वाहक अध्यक्ष रनि विवश, प्रेस सेन्टर नेपाल जिल्ला समितिका अध्यक्ष राजेन्द्र अवस्थी, प्रेस युनियनका केन्द्रीय पार्सद टेक कुँबर, मिडिया नेपाल कञ्चनपुरका अध्यक्ष धु्रवराज अवस्थी, प्रगतिशिल पत्रकार संगठन अध्यक्ष भीम जोशीले विज्ञप्ति प्रकाशित गरी प्रहरी कुटपिटको भत्र्सना गर्दै संलग्नलाई कारवाही गर्न माग गरेका छन् । गल्ती गरेको भन्दै प्रहरीले दुस्मनको शैलीमा लखेटी लखेटी मरणासन्न हुने गरि कुटपिट गर्दै मानव अधिकारको समेत उलङघन गरेको भन्दै घटनामा मानव अधिकारकर्मीले समेत चासो दिएका छन् ।