सम्झनामा वीरेन्द्र

१४ पुष २०७४, शुक्रबार १०:१०

पुष १४ , काठमाण्डौं ।
स्वर्गीय राजा वीरेन्द्र शाहको ७३ औं जन्मजयन्ती आज विभित्र कार्यक्रम गरेर मनाइएको छ ।

ललितपुरको जावलाखेरमा रहेको वीरन्द्रको शालिकमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले माल्यार्पण गरेर उनको जन्मजयन्ती मनाएको हो । विक्रम संव्त २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्रै हत्या गरिएको थियो । उक्त हत्याकान्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति पनि मारिएका थिए । स्वर्गिय राजा वीरेन्द्र विकास र जनप्रेमी राजाका रुपमा नेपाली मनहरुमा चिनिदै आएका छन् ।