समानुपातीकबाट सांसद बन्ने एमालेका चार पुरुष को को हुन् ?

१४ पुष २०७४, शुक्रबार ०८:३७

पुष १४, काठमाण्डौं ।
एमाले स्थायी समिति बैठकले बिहीबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७५ सांसद्को नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ जस्मा चार जनामात्र पुरुष सदस्य रहेका छन्।

एमाले स्थायी समिति बैठकले बिहीबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७५ सांसद्को नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ जस्मा चार जनामात्र पुरुष सदस्य रहेका छन्। भने ७१ जना महिला सदस्य परेका छन्। प्रदेशसभामा १६७ स्थानमा प्रत्यक्षमा जित हासिल गरेको एमालेले समानुपातिकमा ७५ सिट जित हासिल गरेको छ। दुबै प्रणालीबाट एमालेमा प्रदेशमा २४२ सांसद् हुनेछन्। प्रदेशमा उसलाई कूल ८० जना समानुपातिक सांसद् महिला र्पुयाउनु पर्ने बाध्यता छ। तर, प्रदेशगत समावेशी आरक्षणको फरक फरक व्यवस्थाका कारण कूल संख्यामा प्रतिनिधित्व कम हुन सक्छ । प्रत्यक्षमा एमालेबाट ८ महिला प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उसले समानुपातिकबाट कम्तीमा ७२ महिला पठाउनु पर्ने अवस्था थियो। सोही संवैधानिक व्यवस्थाका कारण ७५ समानुपातिकमध्ये एमालेले ७१ महिला सिफारिस गरेको हो । एमालेमा समानुपातिकमा प्रदेश २ बाट रवीन्द्र बैठा धोवी, डाक्टर मनोजकुमार सिंह प्रदेश ४ बाट चन्द्रमोहन गौचन र मायानाथ अधिकारी समानुपातिक सदस्यमा सिफारिस भएका छन्। प्रदेश १, ३, ५ र ७ नम्बरबाट महिलाहरुले मात्र प्रदेशसभामा समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।