गाली सहन नसकी मृत्यु

१४ पुष २०७४, शुक्रबार ०८:२७

पुस १४, काठमाडौं ।
रामेछाप हत्या आरोपमा दोरम्बा गाँउपालिका वडा नं १ का २३ वर्षीय च्याङबा भनिने कुमार घिसिङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलयले ५ दिन लामोे अनुसन्धान पछि पक्राउ गरेको हो । सोही वडाका ४८ वर्षीय बाबुराम तामाङको हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । हत्या गरेको स्वीकार गरेपछि विहिबार पत्रकार सम्मेलनमार्फत प्रहरीले आरोपि घिसिङलार्ई सार्वजनिक गरेको हो ।


गत पुस १० मा बाबुरामको हत्या गरी स्थानीय लप्सी खोलामा शव ढुंगाले छोपेर हिंडेको घिसिङले प्रहरी समक्ष बयान दिएका छन् ।
अनुसन्धानका क्रममा कुमारले आफूलाई बाबुरामले पटक–पटक ज्यानमाराको छोरा भनेर गाली–गलैज गर्ने गरेकाले सहन नसकी धारिलो ढुंगाले हानेर हत्या गरेको स्वीकारेका थिए ।