गणेशमान सहकारीको साधारणसभा सम्पन्न

१४ पुष २०७४, शुक्रबार ०४:५६

पुस १४, ललितपुर । गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाको तेस्रो र चौथो वार्षिक साधारणसभा बिहीवार ललितपुरमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै खेलकुद राज्यमन्त्री तेजलाल चौधरीले सहकारी माध्यमबाट छरिएको पुँजीलाई एकत्रित गरी जनमुखी कार्य गर्दै आएकोमा सहकारी संस्थाको प्रशंसा गरे ।  सो अवसरमा संस्थामा अध्यक्ष दीपकप्रकाश गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको र निजी क्षेत्र नाफामुखीका रुपमा परिणत हुदै गएको सन्र्दभमा स्वास्थ्य सेवालाई सहज तरिकाले उपलब्ध गरउन सहकारीमार्फत् अस्पताल सञ्चालन गरिएको बताए ।

अध्यक्ष बास्कोटाले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसा तगर्दै सामूहिक पहल र सहकार्यमा स्वास्थ्य सेवा उपलब्ध गराउँदा प्रभावकारी भएको बताए ।
संसथाले ललितपुर महानगरपालिका १५ स्थित महालक्ष्मीस्थानमा १ सय शैयाको गणेशमान सिंह मेमेरियाल हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालन गर्दै आएको छ । पूर्व रामकृष्ण चित्रकारले समेत बोलेको सो सभामा लेखा समितिका संयोजक मुकुन्दप्रसाद दाहालले समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।