
पुष १२, भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ ।
मूलतः दुई अध्यक्षबीचको भेट पार्टी एकता र सरकार गठनको बिषयमा छलफल भएको बुझिएको छ । ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले आयोखवरलाई दिएको जानकारी अनुसार भेटवार्तामा दुबै अध्यक्षले पार्टी एकताबाट पछि हट्ने कुनै आधार नरहेको पुनः दोहो¥याएको बुझिएको छ । अध्यक्ष दाहाल चितवन गएपछिका राजनीतिक घटनाक्रमबारेमा समेत दुई अध्यक्षबीच कुराकानी भएको उनले बताए । दाहाल चितवन रहेका बेला एमाले अध्यक्ष ओलीले संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको विषयमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बताइएका छन् ।