विद्यार्थीका लागि क्षेत्रगत अध्ययन अनिवार्य : अधिवक्ता थापा

११ पुष २०७४, मंगलवार १०:३६

पुस ११, काठमाडौं । रोशी गाउँपालिका वडा १, काभ्रे श्री चेतना मा.वि. का विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि पूर्व बार एशोशियसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सम्भु थापाले काठमाडौंबाट विदाई गरेका छन् ।

विदाई कार्यक्रममा वरिष्ठ अधिवक्ता थापाले विद्यार्थीका लागि क्षेत्रगत अध्ययनको आवश्यकता रहेको उल्लेख गर्दै विद्यार्थीहरुको अध्ययन क्षमता बढाउनका लागि प्रयोगात्मक र नयाँ नयाँ ठाउँको बारेमा चासो र ज्ञान हुनु पर्ने बताए । शिक्षालाई आधुनिक पद्धतिमा परिमार्जन गर्न सबै शैक्षिक संघसंस्थाहरुले पनि ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीका लागि अभिभावक र शिक्षकहरुले पनि अनुकुल वातावरण बनाउन आग्रह गरे ।   सो विदाई कार्यक्रम स्थानीय तथा युवासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा उद्योग विभाग प्रमुख अमित लामाले पनि चेतना मा.विका शिक्षक तथा विद्यार्थीलाई शुभकामना सहित शैक्षिक भ्रमणको सफलताको कामना व्यक्त गरेका छन् । उनले त्यस विद्यालयका शैक्षिक व्यवस्थापनलाई सुधार गर्न अगामी दिनमा सहयोग गर्ने समेत प्रतिवद्धता गरे ।


कक्षा ९ र १० का गरि ४५ जना विद्यार्थी समूह र १२ जना शिक्षक प्रतिनिधिहरुको सहभागी रहेको उक्त शैक्षिक भ्रमण ५ दिनका लागि नेपालका ऐतिहासिक, साँस्कृतिक र धार्मिक स्थलहरुमा हुने जानकारी दिए । प्रयोगात्मक शिक्षा र अध्ययन क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ भ्रमण गर्ने भएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा चर्चित क्षेत्रहरु पोखरा, लुम्बिनी, चितवन लगायत स्थानको भ्रमणबाट विद्यार्थीलाई अतिरिक्ता ज्ञान प्रदान गर्ने प्रयोजनले सो भ्रमण राखिएको विद्यालयका प्रधानाध्यापक कर्ण लामाले जानकारी दिए ।