जुम्लाको फापर र कोदाकोे पिठो बुटवलको आर्कषण

११ पुष २०७४, मंगलवार ०५:३६

तेजेन्द्र के.सी.
पुस ११, बुटवल ।
जुम्लाबाट बुटवलको प्रदर्शनीमा ल्याएका दैनिक उपभोग्य सामानहरुमा दर्शकहरुको आर्कषण बढेको छ । हिमाली जिल्लाबाट ल्याएका दैनिक उपभोग्य सामाग्रीहरुमा मेला अवलोकनका लागि आउने दर्शकले चासो पुर्ण हेर्ने गरेको स्टल सञ्चालकले बताएका छन ।

रुपन्देही उद्योग सघको आयोजनामा बुटवलमा पुस ६ गतेदेखी जारी मेलामा उपभोग्य सामानहरुमा दर्शकको आर्कषण बढे संगै देनिक १० हजार भन्दा बढिको कारोबार हुने गरेको छ । रुपानी स्याउ फर्म तथा सिमि उत्पादन सिजा गाउपालिका सनीगाउ ५ हुम्लाबाट ल्याएका फापरको पिठो, जिम्बो, दाते ओखर कोदाको पिठोमा दर्शकहरुको आर्कषण बढेको हो ।

त्यस बाहेक मौरीको मह र सिमि भने दर्शकले चिन्न नसकेको सञ्चालक जयलाल रावतले बताए । बुटवलको बजारमा महको मुल्य प्रतिकेजी ५ सय रुपैया र सिमिको दाल १ सय २० रुपैया सम्म पाईने गरेकाले जुम्लाको सिमि र मह भने दर्शकले नचिनेको उनको भनाई छ ।

 

“लोकल बजारमा जुम्लाको भन्दा दर्शकले पत्याएनन, अझ मह लाई धेरै महंगो भनेर दर्शक तर्के” उनले भने ।  जुम्लामा पाईने १ सय १ प्रकारका जडिबुटिको रसबाट बनेको मौरीको मह प्रदर्शनीमा प्रतिकेजी १५ सय रुपैयामा विक्रि भइरहेको छ । तोरीको फुल खाएको मौरीको मह भन्दा सयौ गुणा उत्कृष्ट मह भएपनि दर्शकहरुले मह नचिनेको उनको भनाई छ । त्यसैगरी लोकल सिमिसंग जुम्लाको सिमिले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । पहिलो पटक मेलामा ल्याएका रावलले बुटवल पछि पोखरा लैजाने योजना बनाएको बताए ।

जुम्लामा भएको उत्पादनलाई नेपाली बजारमा चिनाउने उद्देश्यले प्रदर्शनीमा सामानहरु ल्याएको उनको भनाई छ । त्यसैगरी जुम्लाको स्याउमा पनि दर्शकको आर्कषण भने नभएको उनले बताए । भारतबाट आयातित हुने गरेको स्याउ प्रतिकेजी ८० रुपैया सम्म बजारमा पाईने भन्दै उनले जुम्लाको प्रतिकेजी १ सय रुपैयाको अर्गानिक स्याउलाई दर्शकहरुले नचिनेको उनले बताए । बार्षिक ८ लाख रुपैया आम्दानी गर्ने रावलले मौरीको मह मात्र बार्षिक १ क्वुन्टल बढि विक्रि गर्दै आएको छ