आश्रमका बालबालिकामाथि “शोषण” भएको आरोप

९ पुष २०७४, आईतवार ११:५३

तेजेन्द्र के.सी. पुस ९, बुटवल ।

रुपन्देहीको बुटवलमा संचालनमा रहेको साहाराको घर (बालगृह) मा रहेका बालबालिका माथि शोषण र कुटपिट गर्ने गरेको आरोप बालगृहमा बसेका बालबालिकाहरुले लगाएका छन् ।   बुटवल उपमहानगरपालिका बार्ड १३ स्थित बेलवसमा संचालनमा रहेको साहारको घर बालगृहमा रहेका बालबालिकाहरु शनिबार राती आफुमाथी शोषण र कुटपिट गरेको भन्दै भागेपछि बालगृहमा बालबालिकामाथी शोषण भएको तथ्य बाहिर आएको हो ।

 

आश्रममा रहेका मध्ये ५ जना बाबलिका राति भागेर सडकमा आएका थिए । मुगु बाट केही दिन  अघि मात्र उनिहरुलाई आश्रम ल्याइएको थियो । सुविधा सम्पन्न होस्टलमा बस्ने भनि आफुहरुलाई ल्याएको भएपनि आश्रममा रहेका सहयोगीहरुलाई मानिसिक रुपमा यातना दिदै शोषण गरेको बालबालिकाहरुले प्रहरी सामु बताएका छन । उनीहरुले घरपरिबारबाट राम्रो होस्टलमा राखेर पढाउने भन्दै मुगुबाट ल्याएको हो ।

उनिहरु अहिले इलाका प्रहरी कार्यालय बुटवलको संरक्षणमा छन । संरक्षित बालबालिकामा १५ बर्षका रमेश रोकाय, ११ बर्षका निराजन बुडा, रबिन्द्र रोका, चक्र बुडा र १० बर्षका हस्त बुडा रहेको प्रहरीले जनाएको छ । “हामीले उनीहरुको बारेमा अनुसन्धान गरिरहेका छौ ।” ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवन भटटराईले भने । बेलुका पेटभरि खान पनि नदिई उनिहरुलाई सुसारेले कुटपिट गरे पछि उनिहरु आफ्नै घर जाने भन्दै हिड्दै गर्दा स्कटिङ्गमा रहेको प्रहरीले फेला पारि उद्धार गरेको हो । नयाँगाउ प्रहरी चौकी इन्चार्ज बिष्णु प्रसाद मिश्रले सडकमा हिडिरहेको अवस्थामा फेलापारी उद्धार गरेको बताए ।

आश्रम सञ्चालक र सहयोगीहरुले बालबालिकाहरुले घरमा कोही छैन भनि बोल्न बाध्य पार्ने र त्यसो नगरेमो कुटपिट गर्ने गरेकोे उनिहरुले बताएका छन । देवदह नगरपालिकामा स्थाई घर भएका शंकर प्यासीले संचालन गरेको बालगृहमा अहिले ३४ जना बालबालिका बस्दै आएका छन । चितवन केन्द्रीय कार्यालय रेहेको बताउने प्यासीले सुनवल, धनगढी र सुर्खेतमा शाखा संचालन रहेको बताएका छन ।

प्रहरीको अनुसन्धानमा रहेका उनले आफुले नियम र परिधिभित्र रहेर आश्रम सञ्चालन गरेको दावी गरेका छन । उनले कुटपित नभई सहयोगी हपारेको दावी गरेका छन् ।  सामुहीक नेतृत्वमा संचालक समिति मार्फत बालगृह संचालन गर्नुपर्ने भए पनि उनको एकल कब्जामा आश्रम संचालन भई रहेको छ । उनिका बुवा स्वर्गिय बाबुरा प्यासीले देवदहमा बालआश्रम संचालन गरेका थिए ।   उनको अवसान पछि आश्रममा बालबालिका जोखीममा परेको भन्दै जिल्ला बाल कल्याण समितिले आश्रमका बालबालिकालाई केन्द्रीय बालकल्याण गृहको जिम्मा लगाएको थियो ।  जिल्ला बालकल्याण समिति रुपन्देहीले केही दिन अघि सो आश्रममा अनुगमन समेत गरेको थियो । प्रहरीले आश्रमका बारेमा थप अनुसन्धान भइरहेको र राती भागेका पाँच जना बालबालिकाहरु लाई सोधपुज थालिएको बताएको छ ।