अपडेट: त्रिशुली बस दुर्घटनामा मृत्यु हुने संख्या ११ पुग्यो, १६ को जिवित उद्धार

११ कार्तिक २०७४, शनिबार ०४:४०

कात्तिक ११, काठमाडौं । धादिङ पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा बस दुर्घटनामा मृत्युको संख्या ११ जना पुगेको छ ।


ना ६ ख १४६७ नम्बरको बस लगभग १० फिट गहिराइ त्रिशुलीमा खस्दा तीन ११ जनाको शब फेला परेको छ भने १६ जनालाई जीवत उद्धार गरेको धादिङका प्रमुख प्रहरी उपरिक्षक ध्रुव राईले जनाए ।
घाइतेहरुको उपचारको लागि गजुरी उपस्वास्थ्य चौकी र अन्य काठमाडौमा उपचारका लागि पठाएको उनले बताए ।

९ फिट मुनि खसेको बस अहिलेसम्म नभेटिएको र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाएत स्थानीयहरुको सहयोगमा उद्धार कार्य जारी रहेको छ । उनले भने चिसोको कारण उद्धारमा समस्या आईरहेको छ अक्सिजन ग्याँस सहित टोली खटिरहेको छ ।अहिलेसम्म भेटिएका मृत्यु हनेमा ४ महिला र ७ पुरुष रहेको उनीहरुको सनाखत हुन बाँकी रहेको बताए ।