निगमले थप दुई चिनियाँ जहाज ल्याउने तयारी

९ कार्तिक २०७४, बिहीबार ०१:३६

कात्तिक ९, काठमाडौं । नेपाल वायुसेवा निगमले ल्याउन बाँकी दुई थान चिनियाँ ल्याउने प्रक्रिया सुरु गरेको छ । विगत चार वर्षदेखि खरिद प्रक्रियामा रहेको ६ थान जहाजमध्ये २ थान भने हाल सञ्चालनमा छन् ।
१७ सिट क्षमताका वाई–१२ ई जहाज केही महिनाभित्रै नेपाल ल्याउने गरी निगम व्यवस्थापनले प्रक्रिया सुरु गरेको छ । नेपालमा हाल ५६ सिट क्षमताका एमए–६०९ दुई थान र वाई१२ ई दुई थान जहाज उडान भर्न भन्दै ल्याइएको वाई १२ ई जहाजले पनि सुगम क्षेत्र नै उडान भरिरहेको छ ।

पाईलट र स्पेयर्स पार्टस सधै अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत पाँच वर्षदेखि हम्मे पर्दै आएको छ । विगत वर्षदेखि समस्या अझै समाधान नभएको अवस्था छ ।, तर पनि जहज ल्याउनु पर्ने बाध्यता निगमलाइृ रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ । नेपाल सरकार र चीन सरकारवीचको कुटनतिक सम्बन्धसंगै जहाज खरिद प्रक्रिया जोडिन पुगेपछि सरकार जसरी पनि जहाज ल्याउनै पर्ने बाध्यतामा थियो ।