एकताले लोकतान्त्रिक शक्ति थप मजबुत हुने मन्त्री गच्छदारको दाबी

८ कार्तिक २०७४, बुधबार ०१:३६

कात्तिक ८, काठमाडौं । उपप्रधान एंव स्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुुमार गच्छदारले नेपाली काँग्रेस र लोकतान्त्रीक फोरम बीचको एकताले लोकतान्त्रिक शक्ति थप मजबुत भएको बताएको छ ।

 

नेपाली काँग्रेस मोरङद्धारा विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा उनले लोकतन्त्रलाई सुदृढ बनाउँदै संविधान कार्यान्वयनमा दुई पार्टीबीचको एकताले थप सहयोग पुग्ने दाबी गरे ।

 

उपप्रधानमन्त्री गच्छदारले मुलुकको आर्थिक सामाजिक विकासका लागि निर्वाचन निर्वाचनलाई सफल बनाउन सबैलाई आग्रह गरे ।  कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले वाम एकताले मुलुकलाई उल्टो बाटोतर्फ हिडाँउन खोजेको बताए ।