भारतप्रति नेपालले कहिल्यै शंका गर्नु हुँदैन : पूर्वराजदूत उपाध्याय

७ कार्तिक २०७४, मंगलवार १३:१४

कात्तिक ७, काठमाडौँ । भारतका लागि निर्वतमान नेपालका राजदूत दीपकुमार उपाध्यायले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भारतको पूर्ण सहयोग र सद्भाव रहेको बताएका छन् ।


रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भारतले बाम गठबन्धनलाई नराम्रो नजरले नहेरेको बताए । उनले भने, “बाम गठबन्धन निर्वाचनका लागि मात्र भएको र यसलाई भारतले पनि सहज रुपमा लिएको छ ।”

“नेपालको निर्वाचनलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नु हुँदैन,” उनले भने, “निर्वाचन गर्ने जिम्मेवारी हाम्रो हो, यो अभिभारा नेपाली आफैंले लिनुपर्छ, अरुलाई शंका गर्नु हुँदैन ।”

दुई वर्षे कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर राजनीतिमै फर्किएको बताउँदै उनले आफूले दिएको राजीनामा सोमबार मात्र स्वीकृत भएकाले पुनः राजनीतिमा नै सक्रिय हुन नैतिक बन्धनबाट खुल्ला भएको महशुस आफूले गरेको समेत बताए ।