तौल घटाउने नाममा गरिने ७ गल्ती

५ कार्तिक २०७४, आईतवार १२:०६

जिरो क्यालोरी डाइट

शरिरको फ्याट खर्च गर्न शरिरलाई असंतृप्त फ्याटको आवश्यक पर्छ । तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ  । जुन तपार्इंको स्वास्थ्यको लागिहानिकारक हुन सक्छ ।

औषधी तथा पिल्स

सजिलै तौल घटाउन कहिल्यकाहिँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै पूरक पोषणयुक्त खानेकुरा पनि शरिरलाई आवश्यक पर्छ ।

खाना छोड्ने

तौल घटाउँछु भनेर लामो समय भोकभोकै बस्नु बेकार छ । यसले तपार्इंको मेटाबोलिजमलाई सुस्त बनाउनुका साथै शरिर आलस्य हुने र बिरामी बनाउँछ ।

जबर्जस्ती वान्ता गर्ने

केही व्यक्तिले आफूले मन लागेको खानेकुरा खाएर आफ्नो भोक मेटेपछि केही बेरमै जवरजस्ती मुखमा औंलाकोचारेर वान्ता गरी क्यालोरी फालेको पनि पाइन्छ । यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ र झनै खन्चुवा स्वभावको बनाउँछ ।

पखलालाग्ने औषधि

पाचनपक्रियामा गडबढी गरी बारम्बार शौचालयजाने विधि धेरैले प्रयोग गरेका हुन्छ । तर औषधीको प्रयोगले पाचन प्रणालीलाई कम्जोर पार्नुका साथै पेटसँग सम्बन्धितअन्य  समस्याउत्पन्नहुन सक्छ ।

धुमपान

कोहीकोहीले भोक दबाउन धुमपान गर्ने गर्छन् । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्ने गर्छ । त्यहीभएर चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै अशर पर्दैन । तर, लामो समयसम्म यस्तो गर्दा शरिरलाई हानी गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ ।

अत्यधिक व्यायम

अत्यधिक व्यायायमको परिणामले शरिरलाई घाइते बनाउछ । किनकी अत्यधिक व्यायमले मुटुमा अशर गर्न सक्छ । बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरिरलाई फाइदा हुन्छ ।

–स्वास्थ्य खबरबाट