राजधानीमा आइतबार बिहानै गोली चले

५ कार्तिक २०७४, आईतवार ०३:४८

५ कात्तिक, काठमाडौं । राजधानीको म्हेपीमा आइतबार बिहानै गोली चलेको छ । काठमाडौको म्हेपीमा आज बिहान करिव साढे रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली गुरुङको घुँडा मुनि लागेकोले र उनी खतरामुक्त रहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जनाएको छ । प्रहरीले गोली प्रहार गरेको अभियोगमा ५ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको र संलग्नलाई छिट्टै सार्वजनिक गर्ने प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

केही दिन अघि पनि राजधानीको नयाँ बानेश्वरमा अज्ञात समरुहले चलाएको गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो ।