माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई देउवाले बनाए विना विभागीय

३१ आश्विन २०७४, मंगलवार १४:४७

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई विना विभागीय बनाएका छन् । सरकारबाट बाहिरिन दिएका दबाब माओवादीले अस्वीकार गरेपछि माओवादीका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी मुक्त गर्दै राप्रपाका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

माओवादीले सम्हालेदै आएको ऊर्जा मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष कमल थापालाई दिइएको छ । गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्रि देउवा आफैंल राखेका छन् ।

दिलनाथ गिरीले शहरी विकास मन्त्रालय, जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, कुन्तिकुमारी शाहीलाई शहरी विकास राज्यमन्त्री, सुशिल श्रेष्ठलाई आपूर्ति, कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाजकल्याण र भाष्कर भद्रालाई उर्जा आपूर्ति राज्य मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रंधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हन् ।