म्याग्दीमा ४.२ रेक्टरस्केलको भूकम्प

३० आश्विन २०७४, सोमबार ०३:४४

३० असोज, काठमाडौं । आज बिहान म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा ४.२ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, जिल्लाको धौलागिरि गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ५ बजे गएको भूकम्प धक्का बेनी आसपासका जिल्लामा समेत महसुस भएको बताइएको छ । भूकम्प मापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प रहेको बताईएको छ ।