नेपाल हङकङसंग ८३ रनले पराजित

२७ आश्विन २०७४, शुक्रबार १३:३९

असोज २७, काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले छैटौँ चरणको खेलमा हङकङसंग ८३ रनले पराजित भएको छ । यो जितसंगै हङकङ १३ अंकसंगै चौथो स्थानमा उक्लिएको छ ।

हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै १९४ रन बनाएको थियो । उसको लागि जेमि याटिकसनले ७६ रन बनाए भने तनवीर अफजलले ३८ रन जोडे । त्यस्तै बाबर हायतले २९ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीको भागमा समान २(२ विकेट लियो ।

१९५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३४।५ ओभरमा सबै विकेट गुमाउदै मात्र १११ रन बनायो । उसको लागि कप्तान पारस खड्काले २६ रन बनाए भने आरिफ शेखले २३ रन जोडे । हङकङका लागि यसाहन खानले ४ विकेट लिए ।

नेपालले अब हङकङसंग आइतबार दोस्रो खेल खेल्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेलेको हो । यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो । अङ्क तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन् ।

जारी प्रतियोगितामा नेपालले हङकङलाई यस खेलमा जित आत्मसाथ गरेको भए नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउने थियो। प्रतियोगितामा नेपाल आठ अंक सहित तालिकाको छैठौ स्थानमा रहेको छ ।