इजरायल पनि बाहिरियो युनेस्कोबाट

२७ आश्विन २०७४, शुक्रबार ०४:०६

असोज २७, वासिंटन । अमेरिकापछि इजरायल पनि संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठन युनेस्कोबाट हट्ने भएको छ ।

 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन् । यसअघि अमेरिकाले युनेस्कोलाई इजरायल विरोधी भएको आरोप लगाउँदै त्यसबाट हटेको थियो । अमेरिकाले युनेस्कोलाई पक्षपाती भएको आरोप लगाएको थियो ।

उसले युनेस्को आर्थिक बोझ भएकाले यसमा सुधार गर्नुपर्ने बताएको थियो । इजरायलका प्रधानमन्त्री नेतन्याहूले विज्ञप्ति जारी गर्दै अमेरिकाको यो निर्णयलाई ‘बहादुर’ र ‘नैतिकता’का संज्ञा दिएका थिए । युनेस्कोले विश्वभरका सम्पदा सूचीको पहिचान गर्दै आएको छ । (एजेन्सी)