देशको उन्नतिका लागि कर्णालीलाई प्रथामिकता राख्नुपर्छ : राष्ट्रपति भण्डारी

२५ आश्विन २०७४, बुधबार १५:१०

असोज २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा रहेको चन्दननाथ नमुना माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला भवनको बुधबार उद्घाटन गरेकी छन् ।

 

सो अवसरमा राष्ट्रपति भण्डारीले देशको अर्थतन्त्र मजबुत् हुनका लागि शिक्षा नै प्रमुख आधार हुने भन्दै ‘कर्णालीलाई प्रथामिकतामा नराखी देशको उन्नति हुन सक्दैन’–भनिन् । देश लामो राजनीतिक संक्रमणकाल समाप्तीतर्फ अघि बढेको भन्दै उनले अबको कार्यभार आर्थिक समृद्धि हुने बताइन् ।

कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले कर्णाली राजमार्गको स्तरोन्नति छिटो गर्न पहल गरिदिनका लागि राष्ट्रपतिलाई आग्रह गरे । राष्ट्रपति भण्डारीलाई स्थानीयले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए ।