सुनको भाउ उकालो लाग्ने क्रम जारी

२३ आश्विन २०७४, सोमबार १४:५४

असोज २३, काठमाडौं । सोमबार पनि सुनको भाउ उकालो लाग्ने क्रम जारी रह्यो ।

 

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बृद्धि भएर ५६ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि ४ सयले उकालो लागेर ५६ हजारमा कारोबार भएको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ७ सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रति औंस १२ सय ८२ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।