![](http://aayokhabar.com/wp-content/uploads/2017/10/साउदीमा_सामान_किन्न_बाहिर_निस्किएका_एक_नेपालीको_दुर्घटना_ज्यान_गयो4960.jpg)
पाँचथर । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ।
शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए।
नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन्। रासस