![](http://aayokhabar.com/wp-content/uploads/2017/10/1507082544qieck.jpg)
असोज १८, काठमाडौं । काठमाडौंमा आज बिहानै भूकम्प गएको छ ।
बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रि«य भूकम्प मापन केन्द्रले जनाएको हो ।
पराकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशूस गरिएको थियो । यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक पराकम्प गएको छ ।