पिङ विवादमा खुकुरी हानाहान, दुई घाइते

१७ आश्विन २०७४, मंगलवार ०४:४६

१७ असोज, उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा पिङ खेल्ने क्रममा विवाद हुँदा गएराति युवाबीच छुरा हानाहान भएको छ ।

छुरा प्रहारबाट सोही स्थानका २० वर्षीय मदन थापागर घाइते भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

अपरिचित ३०/३५ जनाको समूहले छुरा प्रहार गरी भागेका स्थानीयवासीले बताएका छन् ।

छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको निरीक्षक कार्कीले जानकारी दिए ।

 

यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने १९ वर्षीय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् ।

 

उनलाई सोही ठाउँका १८ वर्षीय सुमितकुमार झाले सामान्य विवाद हुँदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय, निमुवाले नियन्त्रणमा लिएको छ ।