१ असोज । विद्युत हब बनाउने महत्वकांक्षी योजनासहित प्रस्ताव गरेको रामेछापको फुलासीमा सबस्टेसन निर्माणमा स्थानीयले चार बर्षदेखि मुआब्जा नबुझ्दा माथिल्लो तामाकोसीको विद्युत खेर जाने निश्चित भएको छ ।
समयमै सबस्टेसन नबने त्यसकै कारण विद्युत एक बर्षपछि खेर जाने निश्चित छ ।
माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत जोड्नका लागि रामेछापको साविक फुलासी गाविस १ साँखेमा २२०÷१३२ केभीको सबस्टेसन निर्माणको प्रस्ताव गरिएको खबर आजको कारोबारमा छ ।