नेपालीले बनाए नेपाली र अंग्रेजीमा बोल्ने रोबोर्ट (भिडियोसहित)

३१ भाद्र २०७४, शनिबार ०२:४९

विज्ञान र प्रविधिको विकासबिना कुनै पनि मुलुकले फड्को मार्न सक्दैन । आजको विश्व प्रविधिबिना बाँच्नै नसक्ने भैसकेको छ । हरेक दिन नयाँ नयाँ प्रविधि सार्वजनिक भैरहेका छन् ।

नेपालमा पनि विभिन्न किसिमका प्रविधिहरुको विकास भैरहेको छ । मतदान गर्ने विद्युतीय मेसिन त प्रयोगमै आएको छ । नेपाली वैज्ञानिकहरु एकपछि अर्को गर्दै खोजीमा लागिरहेका छन् ।

खाँचो मात्र राज्यले तिनीहरुको प्रतिभाको पहिचान गर्नु हो । यस्तै प्रतिभाशाली युवाहरुले बनाएका छन् नेपाली र अंग्रेजी भाषामा तपाई हाम्रो सेवा गर्ने रोबोर्ट ।

नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्ने चीनको इच्छा

“तपाईलाई स्वागत छ, तपाई के गर्न चाहनुहुन्छ रु भन्दै त्यो रोबोर्टले एउटा कर्मचारीले जस्तै काम गर्छ । नेपाली युवा वैज्ञानिकहरुले संचालन गरेको पाइला टेक्नोलोजीले बनाएको यो रोबोर्ट नेपाल एसबीआई बैंक केशर महलमा ग्राहक सेवा केन्द्रमा यो रोबोर्ट राखिएको छ ।

हेर्नुहोस् यो भिडियो