![uml, latest news from kathmandu nepal, breaking news from kathmandu nepal](http://aayokhabar.com/wp-content/uploads/2017/09/uml.jpg)
असोज ७, काठमाडौं । मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका छन् । उनले छ हजार ७४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याए ।
त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएकी छिन् । उनले छ हजार ६६५ र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याएका छन् । रासस