लक्की ड्रमार्फत १५ हजारको मोबाइलमा मोटरसाइकल उपहार

६ आश्विन २०७४, शुक्रबार १४:३६

असोज ६, काठमाडौं । राजधानीको न्युरोडस्थित ताम्राकार मोबाइल कम्लेक्समा जारी दसैंतिहार योजना अन्तर्गत लक्की ड्रमार्फत शसेन्द्र विक्रम चौधरीले सुजुकीको जिक्सर मोटरसाइकल उपहारमा पाएका छन् ।

 

उनले १५ हजार रकमको साओमीको एवान ४ ए मोबाइल किनेका थिए । लेनेभो र मोटोरोला मोबाइलका नेपालस्थित सिइयो शुशिल न्यौपानेले बाइकको चाबी हस्तान्तरण गरेका थिए ।  लेनेभो मेलाको मुख्य प्रायोजक हो । बिहीबार कम्प्लेक्सले पहिलो बम्पर उपहार अन्तर्गतको लक्की ड्र गरेको थियो । थप दुई वटा मोटरसाइकल र स्कुटरसमेत बम्पर उपहारमा राखिएको कम्लेक्सका अध्यक्ष जगत साउदले बताए । बाँकी बम्पर उपहार दशैंपछि मात्र खोलिने उनले बताए ।

 

यसबाहेक कप्म्लेक्सले विभिन्न ब्राण्डका आफ्नै चाडवाड लक्षित योजनासँगै मोबाइल र पावर बैंकलगायत एक्सेसरीजहरु दैनिक उपहार अन्तर्गत प्रदान गर्दै आएको छ । भदौ २२ गतेबाट सुरु भएको मोबाइल मेलाको दोस्रो हप्ता सम्म १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भएको अध्यक्ष साउदले बताए ।

यो अवधिमा २२ करोड ४० लाख बढीको कारोबार भएको अनुमान छ । मेलाको दोस्रो हप्तासम्म ६० हजार बढी अबलोकनकर्ता आएको अनुमान छ । दैनिक लक्की ड्रमार्फत उपहार अन्गर्तत दैनिक २ वटा मोबाइल लक्की ड्र मार्फत वितरण भैरहेको छ भने साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन रहेको छ । मोबाइल व्यापार संघका कोषाध्यक्ष अनिल ढकालले हालसम्म कम्प्लेक्सबाट २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको बताए ।