‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ सुरु

३ आश्विन २०७४, मंगलवार ०९:०५

 

सोमबारबाट छैटौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ सुरु भएको छ । कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ सुरु भएको हो । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त फेस्टिबलको गर्नुभयो । असोज २ गतेबाट बाट असोज ४ गतेसम्म ३ दिन चल्ने छ ।  कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मद्धारा आयोजित फेस्टिबललाई सम्बोधन गर्दै ओलीले “नेपाल र अफ्रिकाका मुलुकहरु संस्कृतिमा धनी भएकोले यस्तो फिल्म महोत्सबले दुई देश र फरक भूगोलको कला संस्कृतिलाई जोड्ने विश्वास व्यक्त गरे ।”

त्यस्तै फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्न पर्छ भन्ने उदेश्यले बिगत ६ वर्षदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । यस पटक महोत्सबमा एउटा नेपाली र आठवटा अफ्रिकी चलचित्र प्रदर्शन गरिनेछ । महोत्सबमा सोमबार इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल-तान्जानिया-भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शन गरियो ।

यस्तै, असोज ३ गते संयुक्त राज्य अमेरिका-चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशित ‘सिलिकोन भ्याली’, युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, मोरोक्को-फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ प्रदर्शनी गरिदैछ भने महोत्सबको अन्तिम दिन असोज ४ गते रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’, युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’ र नेपालबाट रोशनी केसी निर्मित फिल्म ‘डा‘खाते’ प्रदर्शन गरिनेछ ।