![](http://aayokhabar.com/wp-content/uploads/2017/09/21740159_1213730395439964_6822137431681937283_n.jpg)
असोज ३, काठमाडौं । जापानको फुकुवका शहरमा भएको १२ औं सिजि निशिमुरा मात्सुरी फ्रेण्ड्सिप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ४ पदक जित्न सफल भएको छ ।
पुरुष ४५ केजी तौल समुहमा बिक बहादुर थामीले कुमुतेमा स्वर्ण र काता तर्फ एक कास्य पदक जिते भने पुरुष ५० केजी तौल समुहमा नेपालका पुरुषोत्तम पोखरेलले १ कास्य पदक र महिला ५० केजी तौल समुहमा रिमला राईले एक रजत पदक जित्न सफल भईन त्यस्तै नेपालबाट सहभागी बनेका ३५ केजी तौल समुहमा कुईसाङ लामा भने अमेरिकी खेलाडी सङ क्वाटर फाईनलमा पराजित भएको छ ।
सेप्टेम्बर १६ र १७ मा जापानमा भएको उक्त प्रतियोगीतामा नेपाल,जापान,अमेरिका,मलेसिया,भारत,ईन्डोनेसिया,क्यानडा लगाएत १० राष्ट्रले सहभागिता जनाएका थिए,अघिल्लो सस्करणमा नेपाली खेलाडी रोएकता सिह ले नेपाललाई एक कास्य पदक दिलाएकी थिईन।