त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुनसहित ७ जना पक्राउ

४ आश्विन २०७५, बिहीबार १७:५५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन सहित ७ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ७ सय १६ ग्राम सुन पनि बरामद गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५ घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित अन्य ६ जना रहेका छन् ।

नेपाल एयरलाइन्सको जहाजद्वारा बैंककबाट काठमाडौं आएका तामाङ समेतलाई विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ एरियाबाट शंका लागी जाँच गर्दा सुन प्रहरीले फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ।