टस जितेर फिल्डिङ गर्दै नेपाल

१४ भाद्र २०७५, बिहीबार ०७:५५

नेपाल आज (विशिबार) हुने खेलमा टस जितेर फिल्डिङ गर्दैछ । एसीसी एसिया कप छनोट क्रिकेटमा दास्रो खेल अन्र्तगत आज नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा बिहिबार टस जितेर फिल्डिङ गरिरहेको छ। बुधबार भएको खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ।

ओमानबिरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो। सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय थियो। एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएको पहिलो खेलमै सागले शानदार प्रदर्शन गरेका हुन्। उनीबाहेक ज्ञानन्द्र मल्ल र आरिफ शेखले पनि उत्कृष्ट खेले। युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो। २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ। ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो। नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए।

जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो। त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो।