सरकारको छ महिने कार्यकाल र देशको राजनीतिक अवस्था : रामप्रसाद गैरे

८ भाद्र २०७५, शुक्रबार १७:१८

 

भदौ ८, २०७५ काठमाडौं ।

बर्तमान केपी ओली नेतृत्वको सरकारको छ महिने कार्यकाल त्यति सन्तोषजनक भएको मान्न सकिदैन । किन कि जनताले आशा गरे बमोजिम सरकारले यो अवधीमा कुनै पनि काम राम्रो गरेको छैन । जनताको मन जित्ने किसिमले सरकारले काम गर्नु पर्दथ्यो , त्यो आभाष अझै जनताले पाउन सकिरहेका छैनन । चुनावको बेलामा जनतालाई जुन किसिमको आश्वासन बाम गठबन्धनले बाँडेको थियो , त्यो कार्यान्वयन गर्नु नै महत्वपूर्ण कुरा हो ।

सरकारले जनताका समस्या समाधान गर्ने कुरामा पटक्कै ध्यान दिएको देखिदैन । यो बर्तमान सरकार इतिहासकै बलियो र स्थिर सरकार हो । स्थानिय तह , प्रदेश र केन्द्रमा गरी तिनै तहमा कम्युनिष्टको बहुमत छ । यस्तो अवस्थामा पनि सरकारले काम गर्न नसक्नु देश र जनताका लागी ठूलो दुर्भाग्य हो । सरकारको छ महिने कार्यकाल लाई आलोचना र बिरोध गर्नु राम्रो मानिदैन । तर सरकारले देशको बिकास लाई अघि बढाउने संकेत त दिनु पर्ने हो नी , खै त संकेत दिन खोजेको ? सरकार बने पछि सुरु सुरुमा जनताले यो सरकार बाट धेरै कुराको अपेक्षा गरेका थिए । तर अहिले सम्म पनि जनताको समस्याका बिषयमा कुनै ठोस कदम चाल्न नसके पछि जन स्तर बाट बिरोध हुनु स्वभाविक नै हो । सडक पेटिमा पल्टिएका , खान नपाएर फालिएको झुठठो खान बाध्य ति मान्छेको जीवन परिबर्तन गर्ने सरकारको कार्यक्रम खै ? जनताले कम्युनिष्ट सरकार बाट धेरै कुराको अपेक्षा र आश गरेका हुन्छन । कम्युनिष्ट सरकार भनेको त सर्वहारा बर्गको नेतृत्व गर्ने र सर्बहारा बर्गलाई मुक्ति दिने भन्र्ने कुरा कम्युनिष्ट नेता बाट सिक्दै आएको हो । तर सर्बहारा बर्ग नै अहिले सम्म पीडित छन । कहिले हुन्छ कामरेडहरु हो , सर्बहारा बर्गको मुक्ति ? त्यस्तो किसिमको अवस्था आउने कुनै संकेत र सुर सार नै छैन । आम जनताले अव कम्युनिष्ट र कम्युनिष्टको सरकार लाई कसरी बुझने ? जनताले कम्युनिष्ट पार्टी लाई बिश्वास गरेकै हुन । जनताले बिश्वास नगरेको भए दुइ तिहाई बहुमत आउने थिएन । जनताले दिएको यो दुई तिहाइ बहुमत लाई सरकारले गंम्भिरताका साथ लिनु पर्छ । लोकतन्त्रमा जुन सुकै दलहरुले पनि जनता लाई बिश्वास गर्नु पर्छ । लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्छन । त्यसो भएको हुनाले सरकार जनता प्रति उत्तरदायित्व हुनु पर्छ । सरकारले जुन गतिका साथ काम गर्नु पर्दथ्यो , अहिले गर्न सकिरहेको छैन । सरकार सफल हुने या नहुने भन्र्ने कुरामा सरकारले गर्ने काम कारबाहीमा निर्भर हुने कुरा हो । अव सरकारले गति बढाएर काम गर्नु पर्छ । अझै पनि केहि बिग्रिएको छैन । पाँच बर्से कार्यकालमा यो बर्तमान सरकारले देशमा धेरै परिबर्तन गर्नु पर्छ ।

जनमुखि काम गरेर देखाउनु पर्छ । जनताले त्यो आश गरेका छन । देश बिकास र समृद्दिका नारा लाई सरकारले सार्थक रुप दिनु पर्छ । यो नै जनताको चाहना हो । देश बिकास र समृद्दि राता रात हुने कुरा त होइन , तर सरकारले गतिका साथ काम गर्नु पर्छ । सुस्त गतिले देशको बिकास सम्भव छैन । बिगतका सरकार र अहिलेको सरकारमा कामको फरकपन आउनु पर्छ । अहिले सम्म कुनै फरकपन आउन सकेको छैन । यो छ महिनाको अवधी लाई मूल्याकंन गर्दा सरकारको कुनै सफलता देखिदैन । देशमा महंगी बढेको छ , युवाहरुको समस्या ज्यूंका त्यूं छन । यूवा जनशक्तिहरु बिदेश पलायन छन । यूवा बिना देश बनाउन सकिदैन । देशको बिकास समृद्दि गर्ने सोंच सरकारको हो भने यूवा जनशक्ति हरु लाई सदुपयोग गर्ने काममा सरकार लाग्नु पर्छ । सरकारको ध्यान यता नपुगेको हो की भन्र्ने चिन्ता छ । सरकारले देशको आबश्यकता लाई हेरेर जनमुखि काम गर्न ढिलाई गर्नु हुदैन । सरकारले राम्रो काम गर्न सकेन भनेर सबै तिर बाट आलोचना भइरहेको छ । अव सरकारले सोच्नु पर्छ । सरकारले लोकप्रिय काम गर्न सकेन भने आउदो चुनावमा समस्या पर्ने कुरा निश्चित छ । भबिश्यको राजनीति लाई सुरक्षित राख्न पनि यो कम्युनिष्टको स्थिर सरकारले राम्रो काम गरेर जनता लाई देखाउनु पर्छ । सरकारको बिकल्प दिने शक्ति अहिले कुनै छैनन । सरकारले पुरा अवधी पार गर्न सक्छ । यसमा कुनै दुइमत छैन । पुरा अवधी भित्र सरकारले काम गर्न नसकेर अलोकप्रिय हुने हो की भन्र्ने खतरा भने छ । सरकारले देशमा करको भार थोपरेर जनता आर्कोशित भने छन । जनताको क्षमता भन्दा बढि करको भार जनताले व्यहोर्नुपरेको अवस्थाले यो वर्तमान सरकार असफल हुने होकी भन्ने चिन्ता रहेको छ ।