आजै सपथ ग्रहण गर्दै पदभार ग्रहण गर्दै मिश्र

२५ भाद्र २०७५, सोमबार १८:०६

काठमाडौं । संबैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका ओम प्रकाश मिश्रले आजै (सोमबार) नै सपथ लिने भएका छन् । मि।ले सामबार राष्ट्रपतिबाट सपथ लिने तयारी गरिएको छ । संसदीय सुनुवाई समितिले सोमबार मिश्रको सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेसंगै उनको सपथको तयारी थालिएको हो ।

राष्ट्रपति कार्यलयका अनुसार मिश्रले सोमबार सपथ लगत्तै साढे ६ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताए ।

यसैबीच यसअघि संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएका बरिष्ठतम न्यायाधीश दीपकराज जोशी भोलिबाट काममा फर्कने भएका छन् । रातोपाटीसँग सोमबार कुरा गर्दै बरिष्ठतम न्यायाधीश जोशीले आफु सोमबारसम्म विदामा बसेकाले मंगलबारबाट नियमित काममा फर्कने प्रतिक्रिया दिए ।