वर्षाका कारण रुकुममा आवत जावत गर्न समस्या

१७ भाद्र २०७५, आईतवार १५:४८

रुकुममा वर्षाका कारण आवत जावतमा समस्या भउको छ। वर्षाका कारण रुकुम पुर्वी क्षेत्रमा आवत जावतमा समस्या भएको हो । लगातार भारि वर्षा भएका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मुसीकोट नगरपालिकाको बैरीदहदेखि सिस्ने गाउँपालिकाको रुकुमकोट खण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले आवत जावतमा समस्या भएको स्थानीयले बताएका छन् ।

जिल्लाकै सिस्ने गाउँपालिकाको खोपीचार र पाखागाउँमा भने ठूला पहिराहरु झरेका सर्वसाधारणले जनाएका छन् । यस्तै यस जिल्लाका अन्य थुप्रै स्थनामा खाल्डाखुल्डी परेका कारण सवारी गुड्न सक्ने अवस्था छैन । जिल्लाबाहिर रुकुम पश्चिमलगायत दाङ, नेपालगन्ज, बुटवल, काठमाडौं जाने तथा आउने यात्रुले जोखिमका साथ यात्रा गरिरहेका छन् ।

अन्दाजी २०र२१ किलोमिटर यस सडक खण्डमा तीनवटा गाडी फेरेर यात्रा गर्ने गरेका छन् । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट पाखागाउँसम्म एउटा, पाखागाउँको पहिरोपछि खोपीचारसम्म अर्को र खोपीचारको पहिरोपछि अर्को गाडी नचढी यात्रा सकिँदैन ।