खबरपत्रिकाः बजार अनुगमनमा निस्केका कर्मचारी नै थुनामा

५ भाद्र २०७५, मंगलवार ०८:२५

 भदौ ५, २०७५ काठमाडौं ।  आजका पत्रपत्रिकाहरुले बजार अनुमन निस्केका कर्मचारीकारी व्यावसायीहरुले थुनामा राखेका छन् । काठमाडौबाट निपस्कने सबै राष्ट्रिय पत्रपत्रिकाहरुले बजार अनुषमनको विषयलाई लिएर विभिन्न शिर्षकमा समाचारहरु छापेको छ । यस विषयमा नागरिक दैनिकले बजार अनुगमनमा व्यापारीको हुलहुज्जत शिर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ्, तरकारीमा चर्को मुल्य लिएको गुनासो आएपछि अनुगमन गर्न कालिमाटी तरकारी बजारमा पुगेको सरकारी टोलीलाई व्यापारीले अबरोध गरेका छन् । किसानबाट खरिद गरेभन्दा तिन गुणा चर्को बढि पैसा लिएर तरकारी बेचिरहेका व्यापारीहरुले आफु कार्वाहिमा पर्ने डरले उनीहरुलाई थुनामा राखेको खुलेको छ ।

 

आईतबार बजारमा भएको कालोबजारी नियन्त्रण गर्न अख्तियारी पाएको उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण विभागको टोलीले काममा बाधा गरि व्यापारीले कानुन हातमा लिएर उनीहरुलाई थुनेको थियो । यस्तै नागरिकले झाको हत्यामा भान्साको चक्कु प्रयोग, संकाको घरामा कामदार शिर्षकको समाचारलाई पनि मुख्य समाचार बनाएको छ। समाचारका अनुसार पुर्वराजदुत केसव झाको हत्यामा संलग्न भएको आसंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको हत्या सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र अन्य दुईजना मालिले गरेको आसंकामा पक्राउ गरिएको छ ।

नागरिकले केरकारको कारण मन्त्रीको नाममा त्रुटि, करोडौको नक्सा प्रयोग विहिन र जथाभावि कर बढाए अनुदान रोक्ने चेतावनी लगायतका समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ। जथाभावि कर बढाए अनुदान रोक्ने चेतावनी शिर्षकको समाचारमा भनिएको छ्, प्रदेश ३ को सरकारले स्थानीय तहले जथाभावि कर बढाएमा अनुदान रकम रोक्ने चेतवनी दिएको हो । स्थानीयतहले मनोमानी ढंगले कर बढाएको भन्दै सर्वसाधारणले विरोध जनाउन थालेपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

कारोबारः अनुगमन अवरोध गर्ने व्यावसायी छुटाउन सहसचिव सक्रिय
नेपालमा ग्यास कर दक्षिण यसियाकै उच्च, हाकिमको तलब २ प्रतशत काटिँदा जवानको भने २८ प्रतिशत काटिन्छ, सहज छैन समाजिक सञ्जालका विज्ञापनमा कर! 

आजको कारोबार दैनिकले तरकारी अनुगमनमा निस्किएका कर्मचारीकै विषलाई प्रमुख समाचार बनाएको छ । समाचारमा भनिएको छ । तरकारी अनुगमनमा गएका कर्मचारीलाई अबरोध पुर्याएको आरोपमा पक्राउ परेका तरकारी व्यावसायीहरुलाई छुटाउन सहसचिवनै सक्रिय रहेको भनिएको छ। यस्तै कारोबारले नेपालमा गयस कर दक्षिण यसिकै महंगो रहेको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको ।

कान्तिपुरः अनुगमन कर्ता नै नियन्त्रणमा
आजको कान्तिपुर दैनिकले पनि अनुगमन कर्ता नै नियन्त्रणमा शिर्षकमा मुख्य समाचार छापेको छ । समाचरामा बजार अनुगमनमा निस्किएका वाणिज्य विभागमो टोलीलाई तरकारी व्यावसायीहरुले नियन्त्रणमा लिएको समाचार छापिएको छ। यस्तै कान्तिपुरले जुम्लामा एमविविएस शिर्षकको समाचारलाई पनि मुख्य समाचारको रुपमा छापेकको छ । समाचरामा भनिएको छ्, सरकारले कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एमविविएस कलेज सञ्चालन गर्न उच्च स्तरिय कार्यदल गठन गरेको विषयलई उठान गरेको छ। यस्तै पहिरो खस्दा खुसी शिर्षकको समाचार पनि आजको कान्तिपुरमा छापिएको छ। समाचारमा डोटीमा पहिरो खसेको विषयालाई लिईएको छ । डोटीको आदर्श गाउँपालिका, गिरिचौरका वासिन्दालाई पहिरो खस्दा खुसी भएको समाचारमा भनिएको छ। गाउँ नजिकै रहेको रहेको सल्लेभिरमा पहिरो खस्दा गाउँको आयस्तर बढ्ने भएकाले उनीहरु खुसी बनेका हुन ।

अन्नपुर्ण पोष्टः खरिद सम्झौता एकतर्फी

महालेखा भनिरहन्छ, नेपाल एयरलाईन्स सुनिरहन्छ

आजको अन्नपुर्ण पोष्टले नेपल एयरलाईन्सले विमान खरिद गर्दा एकतर्फी सम्भौता गर्ने गरेको समाचारलाई मुख्य समाचरा बनाएको छ। समाचारमा भनिएको छ्, नेपाल एयरलाईन्सले विमान खरिद विक्रि गर्दा करोडौ रकम अनियमितता हुने गरेको समाचरालाई प्रमुख समाचार बनाएको छ। अन्नपुर्ण पोष्टले चीन र बंगादेशसित उर्जा सम्झौता कार्यान्वयन हुँदै शिर्षकको समाचारलाई पनि मुखय पृष्ठमा छापेको छ । समारचारमा नेपालले चीन र बंगलादेश शित भएको उर्जा सहयोग सम्बन्धी सम्झौता कायोन्वयन गर्न सरकाले पहिलो पटक औपचरिक प्रक्रिया थालेको जनाएको छ। यस्तै आफ्नालाई पोस्छन् संस्थान शिर्षकका समाचारलाई पनि अन्नपुर्णले मुख्य पृष्ठमा छापेको छ । यसमा सार्वजनिक संस्थानहरुले आफ्ना र आफु निकटलाई मात्र स्थान दिने गरेको उल्लेख गरेको छ।

नयाँपत्रिकाः देउवा विरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार
आजको नयाँ .पत्रिका दैनिकले दैनिकले देउवा विरुद्ध कोईराला परिवार महागठबन्धनमा लागेको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारका अनुसार देउवालाई नेपाली कांग्रेसको पार्टि नेतृत्वबाट हटाउन कोईराला परिवारले महागठबन्धन बनाउने तयारीमा जुटेको जनाएको छ।

देउवालाई चुनौती, पौडेललाई संकट

नयाँ पत्रिकाका अनुसार यसले देउवालाई चुनौती थपेको छ भने पौडेललाई संकट हुने देखिन्छ । कांग्रेस भातृ संगठनहरुले देउवालाई हतोत्साहि बनाएका कारण पनि चुनौती थपिएको हो ।

हेर्नुहोस् यस्ता छन् आजका खबरपत्रिकाका मुख्य पृष्ठ