चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन अस्वीकार गर्यो

१३ भाद्र २०७५, बुधबार १८:०३

पश्चिमसेति थ्री गर्जेजले पश्चिम सेति जलविद्युत आयोजना बनाउन अस्विकार गरेको छ । बुधबार मन्त्री र थ्री गर्जेजका प्रतिनिधिसँग भएको वार्तामा लगानी बोर्डले परियोजनाको क्षमता घटाउने र अमेरिकी डलरमा पीपीए गर्ने प्रस्ताव गरेको थियो ।

लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले परियोजना कार्यान्वयन चरणमा लैजान आवश्यक काम अघि बढाउन आग्रह गरेका छन् ।

तर, थ्री गर्जेजले आयोजना बनाउन मानेन । उसले प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको बताएको छ ।