पश्चिमसेति आयोजना चिनिया कम्पनीलाई दिने विषयमा वार्ता सुरु

१३ भाद्र २०७५, बुधबार १६:२६

पश्चिमसेती आयोजना चिनलाई दिन दुई मन्त्रीविच वार्ता सुरु भएको छ । पश्चिमसेतिको समस्या लगानी वोर्डले एक्लैले समाधान गर्न नसक्ने भएपछि चिनियाँ कम्पनीसंग छलफल सुरु गरिएको हो ।

वार्ता अर्थमन्त्री डा. युवराज खतिवडा र जलस्रोत, ऊर्जा, सिंचाइमन्त्री वर्षमान पुनले आयोजना गरेका हुन् । उनहिरुले अहिले चाइना थ्री गर्जेज इन्टरनेशनलका अध्यक्षसंग छलफल गर्नेछन् । मंगलबार र बुधबार बिहानसम्म भएको वार्ता निष्कर्षविहिन भएपछि अर्थमन्त्री र ऊर्जामन्त्रीको अग्रसरतामा अहिले ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ । छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीको समेत सहभागिता रहेको छ ।

थ्री गर्जेजले सरकारले तय गरेको ७५० मेगावाटको पश्चिमसेती आयोजनाको विद्युत खरिदविक्री सम्झौता (पीपीए) आकर्षक नभएको, जग्गा अधिग्रहण, प्रसारणलाइन, लगानी ल्याउने विषयमा जटिलता आएपछि मन्त्रीतहबाट सल्टाउने प्रयास थालिएको हो ।