पानी छोएको निहुँमा वडाध्याक्षले नै कुटे दलित युवालाई

३ आश्विन २०७५, बुधबार ०८:०६

काठमाडौं । वडाअध्यक्षले नै एक दलित युवालाई पानी छोएको निहँमा कुटपिट गरेपछि वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलार्य दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए ।

घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे । तर, घटना भएको एम महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारवाही नगरेपछि सघर्ष समितिले घटनाप्रति चासो देखाएको हो ।