निर्मला हत्या योजनाबद्ध

११ भाद्र २०७५, सोमबार ०७:१४

आजको नागरिक दैनिकले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या योजनाबद्ध रुपमा भएको समाचारलाई मुख्य पृष्ठमा स्थान दिएको छ । कञ्चनपुरका प्रहरी (एसपी) कुबेर कडायतलाई उदृत गर्दै नागरिकले दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भईरहेने ठाउँमा बाटो हिँड्ने एकजना व्याक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन ।

तर उनको उनका हत्या हुनुको पछाडि रहसय रहेको उनले बताएका छन् । यस्तै एसपी कडायतले बलात्कारपछि हत्या भएको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केहि जटिल भएपनि अपराधि पत्ता लाग्नेमा आफु विश्वस्त रहेको बताउका छन् ।