निर्मला पन्तलाई न्याय माग्दै नेविसंघले गर्यो पदर्शन

१ आश्विन २०७५, सोमबार १७:०८

काठमाडौं । नेविसंघले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।

प्रदर्शननमा नेविसंघका कार्यकर्ताले सरकारको चर्को आलोचना समेत गरेका थिए । चुनावघि नेकपाले गुलिया कुरा गरेको तर चुनावपछि केही नगरेको भन्दै चर्को आलोचना समेत गरेका थिए ।

यस्तै प्रधानमन्त्रीको शनिबारको अभिव्यक्तिलाई संकेत गर्दै अरिंगाले सरकार भन्दै कटाक्ष समेत गरेका थिए । राजधानीको विश्वभाषा क्याम्पसबाट निकालिएको विरोध जुलुस पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अध्यक्ष महर र उपाध्यक्ष कृष्णकुमारी बस्नेतले पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।