NEPHA को चुनावमा बेग्लाबेग्लै उमेदृवारी दिएका सरकार निकट स्वास्थ्यकर्मीले अब एउटै प्यानलबाट चुनाव लड्ने

६ आश्विन २०७५, शनिबार १६:१०

दुई समुहमा बाँढिएर उमेदृवारी दिएका सरकार निकट जनस्वास्थ्य कर्मीले आगामी असोज १३ गते हुने जनस्वास्थ्य संघको निर्वाचनका लागि उमेदृवारको एउटै प्यानल बनाएका छन । छुटाछुटै प्यानल बनाएका तत्कालिन एमाले निकट सवास्थ्यकर्मी र माओवादि केन्द्र निकट स्वास्थ्यकर्मीको संयुक्त बैठकले सत्रबुदे प्रतिबदृता सहित एउटै आधिकारीक प्यानेल बनाएर निर्वाचनमा होमिने भएका छन । अध्यक्ष्यमा डा.मोहन कृष्ण श्रेष्ठ,उपाध्यक्षमा सुदर्शन पौडेल ,महासचिबमा चित्र जंग शाहि,सचिबमा दिपेन्द्र खड्का,कोषाअध्यक्षमा रमेश भट र सहकोषाअध्यक्षमा नरेन्द्र कुमार झा रहेका छन् भने सदस्यहरुमा खुल्ला तर्फ दुर्गा खडका ,केशब चापागाई ,कैलाश तिमिल्सिना ,कैलाश श्रेष्ठ,कमल रानाभाट,बसन्त देवकोटा छन् भने दुर्गा बजगाई ,प्रजिता मालि र डा विरेन्द्र कुमार सिंहलाई समावेसी सदस्यको कोटा बाट उमेदृवार बनाईएको छ । यस अघि महासचिवका उमेदृवार बनेका झलक शर्माका अनुसार बैठकको निर्णय बाट एउटै प्यानल बनाएर निर्वाचनमा जाने गरी उमेदृवारको सुचि तयार गरिएको जानकारी गराएका थिए ।