एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

१४ भाद्र २०७५, बिहीबार १५:५४

काठमाडौंः एसिया कप छनोटमा नेपालले दोस्रो खेलमा पनि नेपाली क्रिकेट टोलीले हार व्यहोर्नु परेको छ । बुधबार भएको पहिलो खेलमा ओमनसंग ६ विकेटले पराजित भएको नेपालले विहिबारको खेलमा पनि युइइसँग ७९ रनले हार पराजित भएको छ ।

नेपाललको लागि ओपनिङ व्याट्स म्यान सुबास खकुरेलले ५० रन, दिप्रेन्द्रसिंह ऐरेले ४० रन र सोमपाल कामीलेले नट आउट २७ रनको योगदान दिए पनि अन्य व्याट्सम्यान भने चल्न सकेनन्। बलिङ तर्फ नेपालको लागि सन्दीप लामिछानेले सिंगल ४ विकेट लिएका थिए भने बसन्त रेग्मी र सोमपाल कामीले २र२ विकेट लिएका थिए।

युएईको लागि अहमद राजाले ४ र मोहुमद नविदले महत्वपूर्ण ३ विकेट लिए भने व्याटिङमा चिराग सुरी ९१ रन, रमिज सहजाद ४९ र अदनान मुफ्ती ४६ बुटुल्दा नेपाललाई २५५ रनको चुनौती दिएका थिए। एसिया कपमा यसअघि नेपालले ओमनसँग सात विकेटले हारेको थियो।