विम्स्टेकः नेपालको आकाशपनि तिन दिन सम्म बन्द, पढ्नुस्, कुन दिन कति पटक ?

१२ भाद्र २०७५, मंगलवार ०७:५०

नेपालमा यहि भदौ १४ र १५ गते हुने विम्स्टेक बैठकको क्रममा नेपालको आकाश पनि बन्द हुने् भएको छ । हुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासमा हुन गैरहेको विम्स्टेक बैठक यो पटक नेपालमा हुन गैरहेको हो ।

सम्मेलनको लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुख काठमाडौं आउँदैछन् । उनीहरुको सुरक्षाको लागि सडक मात्र नभएर नेपाली आकाश पनि केही बेर बन्द गर्न लागिएको हो ।

बिमस्टेकको लागि आजदेखि नै अति विशिष्ट अर्थात भीभीआईपी पाहुना काठमाडौं आउँदैछन् । सरकारले सुरक्षा संवेदनशीलताका आधारमा विदेशी पाहुना आउँदा आकाशमा अरु जहाज उड्न नदिने भएको छ ।

केही देशका प्रमुख भोलि र पर्सि नेपाल आए पनि भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख भने सम्मेलन हुने दिन १४ गते बिहीबार मात्रै काठमाडौै आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा बिहीबार मात्रै नेपाल आउँन लागेका हुन् ।

त्यसको लागि बिहीबार बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थलले जनाएको छ ।

‘१४ गते बिहीबार बिहान ठूला देशका राष्ट्रप्रमुख आउने भएकाले बिहान ८ देखि झण्डै ११ बजेसम्म आकाश बन्द हुनेछ ।

त्यस्तै केही राष्ट्रप्रमुख १५ गते नै फर्कने हुनाले त्यो दिन पनि केहीबेर आकाश बन्द हुनेछ । यस्तै केही देशका प्रमुख १६ गते बिहान फर्कने कार्यक्रम रहेकाले १६ गते पनि केहीबेर उडान र अवतरण प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।