नेपाल ग्यास उद्योगको विस्फोट नहुने सिलिण्डर बजारमा

४ भाद्र २०७५, सोमबार १७:५८

दौ ४, २०७५ काठमाडौं । नेपाल ग्यास उद्योगले नयाँ ग्यास सिलिण्डर बजारमा ल्याएको छ । ग्यास सिलिण्डर उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको हो। नयाँ कम्पोजिट सिलिण्डर पूर्ण सुरक्षित र विस्फोट नहुने रहेको बताइएको छ। हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुनाले आगोले विस्फोट गर्न नसक्ने बताइएको छ। यो ग्यास सिलिण्डरमा चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ। हाल बिक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४।२ केजी र पाँच केजीमा उपलब्ध गराएको छ। नेपाल ग्यास उद्योग २०२६ सालमा स्थापना गरिएको उद्योग हो।

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास उद्योगमा अटोमेटिक वोटलिङ प्लान्ट, परीक्षण स्थल छन्। यस उद्योगको प्रत्येक सिफ्टमा १२ हजार सिलिण्डर उत्पादन गर्ने क्षमता रहेको नेपाल ग्यास उद्योगका अध्यक्ष गुणचन्द्र विष्टले बताए।