काठमाडौंमा सुरु भयो नाडा अटो सो, एक गाडि एक मोडल हेर्नुहोस तस्विर

२६ भाद्र २०७५, मंगलवार १८:४७

काठमाडौं । सोमबार देखी काठमाडौंमा नाडा अटो सो (२०१८) सुरु भएको छ। अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा) को आयोजनामा हरेक वर्ष हुने यस मेलालाई सबारी साधनको कुम्भ मेलाको रुपमा लिने गरिन्छ।

मंगलबारदेखि आगामी आइतबारसम्म चल्ने मेलामा नेपालमा भर्खरै भित्रिएको नयाँ प्रविधियुक्त गाडी देखि नेपालमा रहेका पूराना गाडीहरू समेत मेलामा राखिएको छ। छ दिने मेलमा करिब पाँच अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्य नाडाको रहोको छ। छ दिन सम्म चल्ने यस मेलामा ५०० करोड रुपैयाँ बराबरको बुकिङ हुने लक्ष्य राखेका छ ।

दुलालका अनुसार नेपालको अटोमोबाइल क्षेत्रमा चार महिना बराबरको कारोबार पाँच अर्ब रुपैयाँ कारोबार पुग्ने गर्छ। नाडा अटो सो २०१७ मा तीन अर्ब रुपैयाँ बराबरको गाडीको बुकीङ भएको थियो।

मेलमा १९ ब्राण्डका चार पांग्रे र २० ब्राण्डका दुई पांग्रे गाडीसहित १३४ वटा स्टल राखिएको छ। मेला प्रवेशमा विद्यार्थीको लागि १५० र अन्यको लागि २०० रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको छ।

यस्ता छन् तस्विर