मेरीरतन दिदि

१० भाद्र २०७५, आईतवार ०९:२६

पहाडको चोटिमा बरको रुख

बसेको छ झोक्राइएको आइमाई समान

लाग्दछ छैन उनलाई कुनैसुख

त्यसैलेत नकोरेका लामा लामा लट्टा केशका

झुन्डिएका छन् उनका

र झुन्डिएको उनको जीवन

 

उनको नाम रतन दिदि हो

मेरी रतन दिदि

जोसाची छिन

चारैतिर स्वच्छ वातावरण

र मनै लोव्याउने छहरा पहरा

र त्यहि छहरा पहरा डाडा काडाले

केहि भनिरहेको जस्तो आकर्षक झल्काउने

मेरो सानो गाउ

 

जहा मलाई मेरी आमाले जन्म दिइन

र त्यहि छहरा पहरा डाडा काडामा

हुर्के म

र हुर्केकी थिईन म भन्दा पहिले

मेरी रतन दिदि

 

जो म भन्दा पहिले

छाउपडी गोठ गइन

जसकासाथिमेरा साथि भन्दा पहिले

गोठको चिसो ओशिलो माटोमा बसे

कति पेट सम्बन्धि बिमारमा फसे

बलात्कृत भए

बलात्कृततन र मनमा बचेको साहास

आफन्तको सहयोग पाउने आशामा सकिए

जादा जनताको नोकर सरकार कहाँ

कि त पैसा हुनुपर्ने

कि त आफन्त

अनिकसरि बाचुन त तिचेली

आत्महत्यागर्नेधेरै छन् यस्ता सहेली

 

अहिले मेरो गाउमा जस्तो छ

रतन दिदीको पालामा पनि त्यस्तै थियो

रे

तसैलेत नाबालिकउनि बन्दुक समाती

छापामार युद्दमा होमिएकी

अरे

न त फर्किन उनि

न त पुरा भएकोछ उनको सपना

 

देख्नेछाउपडी मुक्त समाज

त्यसैले त त्यहि पहाड को चोटीमा

बर र रुखको भेषमा

मेरो गाउ हेरिरहेकि छिन

 

छापामार युद्दमा घर छोडी जादा

रोएकी उनि मलाई फकाउन

आमाले देखाएकी मेरी दिदि

मेरी रतन दिदि

पहाडको चोटिमा बसेकी छिन

मलाइ हेरिरहेकी छिन

बरको रुख समान मलाइ हेरिरहेकी छिन

मेरो गाउ हेरिरहेकि छिन

मनिषा बोगटी