स्पेनिस ला लिगाका कप्तानहरुले लिग बहिस्कारको दिए चेतावनी

७ भाद्र २०७५, बिहीबार १२:४८

भदौ ७, २०७५ काठमाडौं ।

स्पेनिस ला लिगाका कप्तानहरुले लिग बहिस्कारको चेतावनी दिएका छन् ।

ला लिगाले अमेरिकी मिडिया कम्पनी रेलेभेन्टसँग ला लिगाका प्रमुख खेलहरु अमेरिका गराउने सहमति गरेलगत्तै कप्तानहरुको बैठक बसेर आपत्ति जनाएका हुन् । बैठकमा रियल मड्रिडका सर्जिओ रामोस, बार्सिलोनाका बुस्केट पनि थिए । १५ वर्षे सम्झौता गर्दा खेलाडीहरुसँग कुनै परामर्श नगरेकोमा खेलाडी संघको असन्तुष्टि छ ।

अगान्जोले भने-यो कमन सेन्सको कमी हो । एक कार्यक्रम जहाँ नाफाको मात्र हिसाव भएको छ । फ्यानको कुनै हिसाव छैन । खेलाडीहरुले लिग बहिस्कार गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । उनले भने- हामी त्यहाँसम्म पुग्न चाहँदैनौं । तर, आवश्यक पर्‍यो भने त्यहाँ पनि जान्छौं ।

(स्रोत : अनलाइनखबर)