नौ वर्ष भित्र काठमाडौंमै रेल

३ भाद्र २०७५, आईतवार १८:३३

भदौ ३, काठमाडौं ।

केरूङ-काठमाडौँ रेल मार्ग निर्माणका लागी चिनिया टोलीले प्रतिबेदन तयार पारेको छ । प्रतिबेदन अनुसार केरूङ-काठमाडौँ रेल निमार्णका लागी नौ वर्ष समय लाग्ने जनाएको छ । नेपालमा हाल सम्म पनि रेलमार्ग निर्माणका लागी संरचनाहरु निर्माण नगरिएकाले उक्त संरचना निर्माण गर्नका लागी अलि बढि समय लाग्ने भएको हो ।

अहिले सरकारको प्रमुख एजेण्डाको रुपमा रहेको रेलमार्ग अन्तत बन्ने भएपनि सरकारले पनि यसमा पनि आफ्नो चासो बढाउको पाईन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारले पहिले यसबारेमा कुरा गर्दा हावा गफ दिएको भन्दै मजाक बनाईएको थियो । तर, ओली चिन भ्रमण गएपछि रेलमार्ग निर्माणको कामहरु अगाडि बढाउने बारे चिनसंग सम्झौता भएको थियो ।

चिनिया कम्पनीले तयार पारेको प्रतिबेदन अनुसार नेपाल र चीनको सीमानाबाट काठमाडौं सम्मको रेलमार्ग ७२.२५ किमी हुनेछ। जसमा पुल तथा टनेलहरु मात्र ९८.५५ हुने रेलवे विभागले जनाएको छ । विभागका अनुसार रेलमार्गको अधिकांस भागमा पुल र टनेलहरु धेरै हुने भएका छन् । चिनिया टोलीले रेलमार्ग निमार्णका लागी प्रतिबेदन तयार पारेर नेपाल सरकारलाई बुझाए संगै सरकारी टाली यसबारेमा अध्यायन गर्न चीन प्रस्थान गरेको छ । नेपाली टाली शनीबार चीन प्रस्थान गरेको थियो ।

चिनिया कम्पनीले तयार पारेको प्रतिबेदन अनुसार नेपाल र चीनको सीमानाबाट काठमाडौं सम्मको रेलमार्ग ७२.२५ किमी हुनेछ। जसमा पुल तथा टनेलहरु मात्र ९८.५५ हुने रेलवे विभागले जनाएको छ । विभागका अनुसार रेलमार्गको अधिकांस भागमा पुल र टनेलहरु धेरै हुने भएका छन् ।

रेलमार्ग निर्माणका लागी लाग्ने खर्च अनुमान नेपाललाई दिईसकेको चीनले प्रतिबेदनलाई औपचारीक रुपमा भने भोली अर्थात भदौ ४ गते सोमबार नेपाली पक्षलाई दिने भएको छ । चीनिया पक्षले तयार पारेको उक्त प्रतिवदेनमाथि सोमबार र मंगलबार चिनिया र नेपाली टोलीबीच छलफल हुनेछ। यस्तै छलफलको क्रममा नेपाली पक्षले रेलमार्गमा लाग्ने लागत खर्चका लागि चीनले सहयोग गर्नु पर्ने प्रस्ताव राख्नेछ।

नेपालले राखेको प्रस्तागव चीनले अस्विकार गरेमा नेपालले आफ्नै लगानीमा रेलमार्ग निर्माण गर्ने भएको छ। साथै रेलमार्ग निर्माणकालागी नेपालले चिँनिया प्राविधिक टोली पर्चिालन गर्नेछ ।

चिनिया पक्षले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि नेपाली पक्ष सहमत भएको अवस्थामा डीपीआर निर्माणको प्रक्रिया छिट्टै बढ्नेछ। डीपीआर निर्माणमा पनि लागि चीन सरकारसँग नै अनुरोध गर्ने मनस्थितिमा नेपाली पक्ष छ। डीपीआर आगामी ९ महिनाभित्रै तयार पारिसक्ने प्रस्ताव नेपाली पक्षले राख्नेछ।

दुई खर्ब ५७ अर्ब लाग्ने अनुमान
केरूङ-काठमाडौँ रेलमार्ग निर्माणका लागी २ खर्ब ५७ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । करिब ७२.२५ किमी लम्बाई रहने उक्त रेलमार्ग निर्माणका लागी यति रकम लाग्ने अनुमान चिनियाँ टोलीले गरेको सबै अनुसार निकालीएको हो । यस लगानीका हिसाबले रेलमार्ग निर्माका लागी एक किलोमिटर रेलमार्ग बनाउन ३ अर्ब ५५ करोड लाग्ने हिसाव विभागले निकालेको छ। निर्माण सुरु भएको ९ बर्षभित्र सम्पन्न हुँदा प्रति वर्ष २८ अर्ब ५५ करोड रुपियाँ लाग्ने पनि प्रतिवेदनले देखाएको छ।