कोटा अनुसार पेट्रोल डिजेल दिने सरकारको निर्देशन, पढ्नुहोस् कुन सवारीलाई कति ?

५ आश्विन २०७५, शुक्रबार १५:३६

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा निर्धाण गरेर वितरण प्रक्रिया सुरु गरेको छ । नेपालमा पेट्रोलियम पदार्थ आयात ठप्प भएपछि सरकारले कोटा निर्धारण गरेर वितरण गर्न थालेको हो । सवारी चालकहरु संगै ट्याकंर चालकहरु समेत आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएका कारण अहिले विभिन्न किसिमका खाद्य पदार्थ देखी लिएर सामान डुवानीमा सकस्या आएको छ ।

हाललाई पेट्रोलियम पदार्थको समस्या न्युनिकरण गर्नका लागी नेपाल आयल निगमले कोटाका आधारमा पेट्रोलिएम पदार्थ वितरण गर्न नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई निर्देशन दिएको छ ।

निगमले तोके अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ । मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारतीयबाट हुँदै पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ ।

आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ । इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो । पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ ।

निगमसँग पर्याप्त इन्धन स्टक गर्ने क्षमता नहुँदा दुई दिन ढुवानी रोकिनासाथ बजारमा अभाव सृजना हुने गरेको छ । सामान्यतः आयात रोकिँदाको अमावस्था पनि ७ दिनका लागि पुग्ने इन्धन स्टक रहने निमगले बताउने गरेको छ । तर आयात रोकिएको तीन दिन नबित्दै वितरणमा कोटा तोकेपनि निगमका निर्देशक एवं प्रवक्ता बिरेन्द्र गोइतले भने पर्याप्त इन्धन स्टक रहेको दावी गरे ।

‘दुई गतेदेखि रक्सौल डिपोबाट तेल आएको छैन, सिलीगुढी डिपोबाहेक अन्य नाकाको अवस्था पनि त्यस्तै छ’, उनलेभ ने । यो कोटा  प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि भन्दै उनलेहाकार  हामच्चिहाल्ने अवस्था भने नरहेको बताए ।

नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञाप्ती